काठमाडौं / सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टिकरणका लागि दुई दिनभित्र काठमाडौँ आउन निर्देशन दिएको छ।
राजदूत शेर्पालाई आफ्नै पूर्व सवारी चालक वाङ्छु शेर्पाले मानव ओसारपसारको आरोप लगाएपछि त्यस सम्बन्ध मा स्पष्टिकरणका लागि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौँ बोलाएको हो।
‘राजदूतमाथि गम्भीर आरोप लागेको छ, तर आरोप लगाउने वाङ्छु शेर्पापनि विवादास्पद खालका देखिन्छन्’ मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘त्यसैले सत्यतथ्य बुझ्नका लागि काठमाडौँ बोलाइएको हो।’

















