काठमाडौंं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि सचिवालय बैठकले आगामी २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
बैठक मंसिर २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय गरेको सचिवालय स्रोतले जनाएको छ ।
शनिबार निर्धारित ३ बजेको लागि तय गरिएको सचिवालय बैठकमा सहभागि हुन गएका नेकपाका चार सचिवालय सदस्य बैठक सुरु नहुँदै बालुवाटारबाट हिँडेका थिए ।
बैठकमा सहभागि हुन बालुवाटार पुगेका वरिष्ठ नेता माधव कुमार नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बैठकमै सहभागि नभइकन हिँडेका हुन् ।
नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै आजसम्मको लागि स्थगित भएको शुक्रबारको बैठक आज पनि चार नेताहरु हिँडेपछि सचिवालयका बाँकी सदस्यले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।


















