निर्मला पन्तका हत्याराको संरक्षण सरकारले नै गरेको छः नेता गजुरेल

173

काठमाडौं,नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरुकै संरक्षण गरेकोले अपराधीहरु बचिरहेको आरोप लगाए । उनले भने, “यदि सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हुन्न  ?”
शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आयोजनामा ‘बढ्दो महिला हिंसा र यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गजुरेलले देशको आमुल परिवर्तनका खातिर लडेको तत्कालिन क्रान्तिकारी नेतृत्वको आत्मसमर्पण तथा आन्दोलनप्रतिको गद्दारीको परिणम आजको महिला हिंसा पनि रहेको उनको ठहर छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका गजुरेलले भने, “प्रचण्डले जहाँ पनि आत्मसर्मपरणको संस्कार बसाए, क्रान्तिमा अत्मसमर्पण, पछिल्लो पटक ओलीसँग आत्मसमर्पण, अहिले अमेरिकासँग आत्मसमर्पण, प्रचण्डको हरुवा चालले प्रतिक्रान्तिले घर गरेको छ । जसले गर्दा जनयुद्धमा उत्साहित महिलाहरुलाई फेरि चुलो–चौको र महलभित्रै कैद हुने अवस्था आएको छ ।” उनले देशमा एकदिन क्रान्तिकारी झण्डा पुनः एकपटक जोडदारसँग उठ्ने र त्यसको नेतृत्व होचा नीमुुखा, उत्पीडित महिलाहरुले गर्ने र मुक्तिकामी आन्दोलनले सबैको न्याय गर्ने धारणा राखे ।
समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमीले महिलाको जन्मदेखि नै पीडा र बेदनाबाट सुरु हुने भएकोले महिलाप्रति समाजले न्यायको लागि नयाँ किसिमको धारणाको विकास गर्न जरुरी भएको बताइन । सहभागिता तथा समावेशी सहितको समृद्धि र विकासको विकल्प नभएको र त्यसमा अपनत्वको कमिले समाजमा हिंसाले ठाउँ पाउने गरेको उनको ठहर छ ।
“आज मेयरबाट उपमेयरहरु पीडित भएका छन, यसलाई राजनीतिक हिंसा भन्न सकिन्छ । उत्पिडित समुदायबाट पनि महिला नै उत्पिडित हुनुले समाज कहाँ जाँदै छ भन्ने कुरा प्रष्ट भएको” यमीले भनिन् । उनले समस्या समाधान हातहातमा शिक्षा र रोजगार भएको बताइन्  ।
आयोजक अखिल नेपाल महिलासंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडबरीले सो कार्यक्रममा पेश गरेका कार्यपत्रमा बक्ताहरुले धारणा राखेका थिए ।  मुडभरीले वर्तमान नयाँ कानूनले पनि विगतमाजस्तै महिलालाई प्रशस्त अधिकार दिएपनि त्यो कार्यान्वयनको कमिको कारण महिला हिंसा वा समस्या घट्नुको साटो बढेर गएको बताइन् । विगतमा महिला क्षमता र अन्यहिसाबले राज्य संचालन या राज्यका अंगहरुमा सहभागिताको लागि अरक्षित कोटाको विषय उठ्ने हुनाले महिलाको क्षमता मै प्रश्न उठ्नु गलत भएको उनके ठहर छ ।
अध्यक्ष मुडभरीले महिलाले जनयुद्धमा पनि प्रमाणित गरिसकेको र अब पनि आफूलाई प्रतिस्पधी बनाउन ध्यान दिनुपर्ने बताइन् । जनयुद्धकालमा जाँड रक्सी,जुवा,तासजस्ता विकृतिविरुद्ध शसक्त अभियान संचालन गरेकोले स्थानीय महिला मुक्ति र सुधारको स्वास फेरेर माओवादीलाई ‘भगवान’को संज्ञा दिने गरेको व्यक्तिगत अनुभव सुनउँदै मुडबरीले भनिन्,“हाम्रा क्रान्ति नायकहरु तिनै जाँड–रक्सीका घैटा अनि जुवातासका खालमा पसेर महिला हिंसा गर्ने अपराधी संरक्षण गरेको देख्दा काहाली लाग्छ ।” उनले पुरुषको शासकिय मानसिकता विरुद्ध लड्ने क्षमता विकास गर्ने तथा आत्मरक्षका लागि स्कुलबाटै बालबालिकालाई प्रतिरोध तालिमको व्यवस्था गर्नु पर्ने धारणा समेत राखिन् ।

कार्यक्रममा प्रा.डा.जगदिशचन्द्र भण्डारीले सामाजिक धार्मीक आर्थिक क्षेत्रमा अत्याधिक पीडित भएकोले क्रान्तिकारी अन्दोलनमार्फत सगोलमा महिला मुक्तिको उपाय खोज्नु पर्ने धारणा राखे । उनले मिहिला हिंसा निकै खतरनाक विषय भएको बताउँदै भने, “माइग्रेन उपचार नहुने टाउको दुखाई) लाई डाक्टरले सन्चो नहुने भएकाले त्यसलाई साथी बनाएर हिड्नुपर्छ भनेर सल्लाह दिन्छन्, महिलाले पनि हिंसालाई साथी बनाउनु पर्छ भनेजस्तो अवस्थामा यो निकै चुनौतीको विषय बनेको छ ।” महिलालाई भोग गर्ने साधन र उपयोगिताको बस्तुको रुपमा पुँजिवादी व्यवस्थामा झन् विकराल समस्या भएको उनको ठहर छ ।
नेपाल प्रगतिशील कानून व्यवसायी एसोसियसनका कार्यबाहक अध्यक्ष अधिवक्ता देबकुमार मोक्तानले नेपालमा अनगिन्ती महिला हिंसाका घटना हुने र प्रहरीमा जति तथ्याङ्क आउँछ त्यो अदालतमा आइनपुग्ने बताए । नेपालमा कानूनको कमी ठूला तथा पहुँचवाला अपराधी उम्किने र अपराध नियन्त्रणको नियम तल्लो वर्गलाई मात्र हुने गरेको बताए । नेपालको न्यायपालीका महंगो, पहुँच टाढा, भएकोले १२ प्रतिशत धनीहरुको पक्षमा मात्र रहने र ८८ प्रतिशत जनता न्यायबाट टाढा हुनु परेको कटु यथार्थ भएको बताए ।
नेकपा (माओवादी केन्द्र) निकट महिला संघ क्रान्तिकारीकी अध्यक्ष धनकुमारी मगरले पीडितरुले उजुरी गरेपनि अन्तहिन संघर्ष गर्ने वातावरण नभएकोले पनि अपराधीको मनोबल बढ्दै गएको बताइन् । पहुचवालाहरुले गर्दा पुलिसले जाहेरी पनि लिन नमान्ने गरेको पनि बताइन् । महिला अधिकारकर्मी र महिला नेतृहरु किनाराका साक्षी हुनुपर्ने अवस्था पनि दुःखदयी भएको बताइन् ।
आयोजक संगठनकी पूर्वअध्यक्ष लक्ष्मि मुडभरीले नेपाली महिलाहरुले मुक्ति र स्वतन्त्रताका लागि लडेर सुन्दर नेपली समुदायको परिकल्पना असफल भएको र एक किसिमको निराशा छाउनु स्वभाविक भए पनि चुप बस्नु उचित नहुने बताइन ।
दोलखाकी २० वर्षिया जेनी खड्का काभ्रेका आफ्नै श्रीमनश्रीमान विष्णु भुजेलको एसिड छर्काइको ज्यादतीमा परेको र उनकी आमा कमला खड्काले आफ्नी छोरीलाई न्याय र औषधी उपचारको जिम्मा राज्यले लिनु पर्ने मुडभरीले आग्रह समेत गरिन् ।

2 Attachments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here