राष्ट्रपति ‘सी’ले नेपालका नेताहरूलाई दिएको बहुमूल्य सुझाव

242

काठमाडौं / चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई अपेक्षित सहयोग गरेनन् भनेर टिकाटिप्पणी भइरहेको छ । तर नेपाली जनताका लागि राष्ट्रपति सीले यति धेरै सहयोग गरेका छन् कि उनले गरेको सहयोगको सदुपयोग गर्न सक्ने हो भने भने नेपाल कायापलट हुनसक्ने देखिन्छ ।

आर्थिक रूपमा भन्दा पनि राष्ट्रपति सीले नेपाल र नेपाली जनतालाई आत्मनिर्भर बन्न सुझाएका छन् र अनुशासित बन्न सिकाएका छन् । राष्ट्रपति सीले लगनशीलता र इमान्दारिताको पाठ सिकाएका छन् । नेपालका नेताहरूलाई कम्युनिष्ट बन्न छ भने निजी सम्पत्तिको लोभ नगर्न सुझाव दिएका छन् ।

राष्ट्रपति सीले गरेको नगद सहयोगभन्दा लाखौं गुणा महत्वपूर्ण सुझावहरू नेपालका सत्तासीन नेताहरूलाई दिएर गएका छन् । राष्ट्रपति सीले नेपालका नेताहरूलाई दिएर गएका सुझाव नेपाली जनताले निकै मन पराएका छन् । नेपालका नेताहरूलाई नेपाली जनताले दिंदै आएका सुझावहरू राष्ट्रपति सीले दिएर गएका छन् । त्यसैले चीनका राष्ट्रपति सी जिनपिङ नेपाली जनताको मनमस्तिष्कमा यति राम्र्रो प्रभाव छोडेर फर्किएका छन् कि नेपाली जनताले निकै राहत महसुस गरिरहेका छन् ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना गरेको रात्रिभोज कार्यक्रममा प्रतिउत्तर सम्बोधन गर्दै राष्ट्रपति सीले नेपालले अघि सारेको नेपाल भ्रमण वर्षको अवसरमा चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने जस्ता आश्वासन दिए । ‘भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाहरूलाई हामीले सक्रियताका साथ अगाडि बढाउने छौँ । सन् २०२० नेपाल भ्रमण वर्षको अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपालमा आउन उत्प्रेरित गर्नेछौँ’ भनेर राष्ट्रपति सीले नेपालको पर्यटन वर्ष मनाउने योजनामा सहभागिताको प्रतिबद्धता जनाएका छन् । उनले भने– ‘हामी सांस्कृतिक क्षेत्रहरूमा लगानी बढाएर जनताबीचको सम्बन्धलाई अगाडि बढाउने छौँ ।’

राष्ट्रपति सीले भने– ‘चीनमा बौद्ध धर्म मान्ने मान्छेहरूको संख्या विश्वमै सबैभन्दा बढी भएको दावी गर्दै बौद्ध धर्म नेपाल र भारतमा पनि धेरै चर्चित छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी मान्छे नेपालमा पर्यटन गर्नेछन् । र, धर्मको आदान प्रदानका लागि पनि आउनेछन् ।’ राष्ट्रपति सीले दिनुभएको प्रत्युत्तर भाषणको सम्पूर्ण अंश पढेर सीका सुझावहरूलाई नेपालका नेताहरूले अनुशरण गर्न सके भने नेपाली जनताको साथ र समर्थन नेपालको वर्तमान सत्तासीन नेकपालाई निकै लामो समयसम्म रहन सक्ने विश्वास गर्न सकिन्छ । राष्ट्रपति सीले सम्बोधन गरेको प्रतिउत्तर सम्वोधनको पूर्णपाठ यस प्रकार छः–

‘नेपालमा सयौं फूलहरू फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला ।’
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरूसँग भेटें ।

नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविश्यप्रति मेरा आशाहरू जागेका छन् ।

मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् । बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं, चीन र नेपालबीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरूबीचको मैत्रीपूर्ण सम्बन्धको नमुना पेश गरेका छन् ।

मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको बीचमा केही समस्या छैन, मित्रता मात्र छ ।

सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाई सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदार सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं । मलाई आशा छ, दुई देशबीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ ।

हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।

मलाई आशा छ, दुई देशका जनतावीचको समझदारी बढ्नेछ । भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाहरूलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरूमा लगानी बढाएर जनताबीचको समझदारी बढाउनेछौं । दुई देशका बढीभन्दा बढी शहरहरूलाई भगिनी शहरका रूपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं । जसबाट दुई देशवीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं ।

भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरूको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरू नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदान–प्रदानका लागि पनि आउनेछन् ।

मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन् ।
वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताहरूमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं ।

मलाई धेरै खुशी लागेको छ, सबै नेपाली नेताहरूसँग हामीले मतैक्य हासिल गरेका छौं । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरूसँग मिलेर चीन र नेपालवीचको सम्बन्धका नयाँ खाका र योजनाहरू बनाउन सकेकोमा म अत्यन्तै खुशी छु । भोलि म प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदान–प्रदान गर्नेछु ।

म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरूलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष । यसको पहिलो लक्ष हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष चाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।

हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविश्य पनि निर्माण गरौं । अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समृद्धि, सुखी जीवनका लागि, चीन र नेपालबीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स !

राष्ट्रपति सी जिनपिङले सम्बोधन भाषणमा व्यक्त गरेका भावनाहरूलाई सम्बोधन गर्ने गरी दुई देशबीच संयुक्त विज्ञप्ति पनि जारी गरिएको छ । संयुक्त विज्ञप्तिमा जनाइएका प्रतिबद्धताहरूको कार्यान्वयन अबको प्रतिक्षाको विषय बनेको छ । यस्तो छन् संयक्त विज्ञप्तिमा उल्लेखित बुँदाहरू :–

१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरूबीचको सम्झौता
२. शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी नेपाल र जनगणतन्त्र चीनका सरकारहरू बीच एमओयू
३. अपराधिक विषयहरूमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीचको सन्धि
४. नेपाल र चीनबीच सगरमाथारझुमुलाङमा संरक्षण समन्वयबारे एमओयू
५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरू प्रबर्द्धन गर्ने सम्बन्धी एमओयू
६. छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट
७. चीन(नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू
८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्वन्धी समझदारी
९. नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको सि’यन शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी
१०.नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्प्रागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्वन्धी एमओयू
११. नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आप्तकालीन प्रतिक्रिया सम्वन्धमा एमओयू
१२. नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता
१४. नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरूको प्रोटोकल
१५. व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिजय र आपूर्ति मनत्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू
१६. नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र
१७ नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्यसमुहको स्थापना सम्वन्धी एमओयू
१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू
१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर
२०. नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगका महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here