कोरोना विरुद्धकाे लडाइँमा नेयमारद्वारा युनिसेफको कोषमा ठुलाे सहयोग

43

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिली स्टार नेयमारले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि युनिसेफको ऐक्यबद्धता कोषमा ७ लाख ६९ हजार युरो सहयोग गरेका छन्।

युनिसेफको कोषले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा सहयोग गर्नेछ। बार्सिलोनाका पूर्व फरवार्ड नेयमार कोरोना भाइरसविरुद्धको लडाइँमा नगद सहयोग गर्ने पछिल्ला स्टार खेलाडी हुन्।

चीनको उहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदा ५० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

यसअघि ‘म्याच अफ दी डे’का सञ्चालक एवं इङल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर ग्यारी लिनेकरले १७ लाख ५० लाख युरो कोरोनाविरुद्धको अभियानका लागि सहयोग गरिसकेका छन्। यसैगरी विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले आफ्नै देश सर्बियामा १० लाख युरो सहयोग गरेका छन्। अरु पनि थुप्रै खेलाडी तथा खेलकर्मीले कोरोनाविरुद्धको लडाइँका लागि व्यक्तिगत रूपमा ठूलो धनराशी सहयोग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here