चीनको वुहान सहर अझै खतरा थप चार सङ्क्रमित फेला

155

एजेन्सी – कोरोना भाइरसको उद्‍गम थलो चीनको वुहान सहर अझै पनि खतरामुक्त नभइसकेको जनाइएकाे छ ।  सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका नेता वाङ झोङलिनले वुहान सहरमा अहिले पनि कोरोना भाइरसका किटाणु घुमिरहेको चेतावनी दिएका हुन् । उनले प्रशासनलाई भाइरस नियन्त्रणका उपाय जारी राख्न अपिल गरेका छन् ।

चीनमा कोरोनाका कारण मृत्यु भएका मानिसहरुको अन्तिम संस्कार कार्यक्रम गर्न रोक लगाइएको छ । भाइरसको डर यति धेरै छ कि मानिसहरु आफन्तको मृत्युमा शोक प्रकट गर्नसमेत पाइरहेका छैनन् ।

यसैबीच चिनियाँ सरकारले कोरोना सङ्क्रमितसँग कुराकानी गर्न क्रम जारी राखेको छ । शुक्रबार मात्रै चीनमा चार नयाँ सङ्क्रमित फेला परेका थिए । ६० जना थप नयाँ बिरामीमा सङ्क्रमणको लक्षण देखिएको  जनाइएकाे छ ।  कोरोनाका कारण चीनमा ३३२२ जनाको मृत्यु भएको थियो ।

चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरबाट सुरु भएको कोरोनाबाट त्यहाँ ८१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चीनबाट सल्केको कोरोना भाइरसको आगोले हाल सबैभन्दा बढी युरोपेली मुलुक आक्रान्त हुन पुगेका छन् भने पछिल्ला रिपोर्टले अमेरिकामाथि ठूलो चिन्ता थपिएको छ । सङ्क्रमण रोक्ने सवालमा अमेरिका चुकेको देखिन्छ । इटलीमा नागरिककै गैरजिम्मेवारीका कारण समस्या गम्भीर बनेको देखिन्छ भने बेलायतले रोकथामका लागि विभिन्न प्रयास जारी राखेको छ ।

त्यसैगरी गरी भाइरसको नियन्त्रणको उपाय पत्ता लगाउनका निम्ति अस्ट्रेलियालगायतका मुलुकका वैज्ञानिक तथा चिकित्सक अहोरात्र शोधमा जुटेका छन् । संसारको आधा जनसङ्ख्या घरभित्रै छ भने उत्तरकोरोनाको समयमा दुनियाँ कसरी चलाउने भन्ने समस्यामा शक्तिराष्ट्र घोरिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here