पश्चिमा सभ्यताको अनुशरणबाट हामी कता जादैछौं ?

219

-प्रीति रमण

मेरो दृष्टिकोण नै नकारात्मक बन्न पुग्यो चीनका राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजित रात्रिभोजको नेपाली सभ्यता देखेर । चीनका राष्टपति सी जिनपिङ भारत हुँदै नेपाललाई ट्रान्जिट बनाएर भव्य स्वागत पाएर स्वदेश फर्किएका छन् । राष्ट्रपति सी स्वदेश फर्किएपछि उनका बारेमा चर्चा परिचर्चा चलिरहेको अवस्थामा आफू पनि चर्चामा सामेल हुनु पर्छ जस्तो लागेको छ । त्यसैले यी हरफहरू लेख्न सुरु गरियो–

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा आइपुगेका राष्टपति सीलाई परम्परागत वाइनको गिलास ठोक्काएर स्वागत गरियो । यो नेपाली सभ्यता होइन । हामीले किन पश्चिमा सभ्यताको अनुशरणलाई महत्व दिइरहेका छौं । स्वागत सम्मानमा नेपाली र चिनियाँ भाषाको प्रयोग नभएर पश्चिमा भाषामा ब्यानर लेखिएको दृश्यलाई धेरैले टिकाटिप्पणीको विषय बनाएको पनि पाइयो । राष्ट्रपति सीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर नरिवलको पानी पिइरहेको दृश्य पनि सार्वजनिक भएको छ । नेपालका महिला राष्ट्रपतिसँग वाइनको गिलास ठोक्काएको (चियर्स गरेको !) दृश्यसँगै भारतका प्रधानमन्त्रीसँग नरिवलको पानी पिइरहेको दृश्य पनि सार्वजनिक भएको छ । कुन दृश्यले आफ्नो सभ्यता झल्काएको छ भन्नेबारे मैले धेरै लेखिरहनु पर्छ जस्तो लाग्दैन । नेपालमा आएर राष्ट्रपति सीले नेपालीहरूको आतिथ्यका रूपमा ग्रहण गरेको नेवारी भोजनको चर्चा विशेष रह्यो । योसँगै नेवारी संस्कृतिलाई नै सन्देशका रूपमा पु¥याउने गरी स्वागत गर्न सकिएको भए नेपालको तर्पmबाट फरक सन्देश जान सक्दथ्यो । हामी पश्चिमा सभ्यताको अनुशरण गरेरै ठूलो मान्छे भइन्छ भन्ने भावबाट प्रभावित छौ, यो दुर्भाग्यपूर्ण हो । नेपालले राष्ट्रपति सीको स्वागत गर्ने क्रममा पश्चिमा सभ्यताको अनुशरण गरेर वाइनका गिलास ठोक्काउन आवश्यक थिएन ।

यो त भयो सभ्यताको कुरा । राष्ट्रपति सीले नेपालका राष्ट्रपतिलाई गर्नुपर्ने सम्मान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल आगमनका क्रममा यस्तै खालको प्रभाव छोड्ने गरेको कुरा हामीले भुल्नु हुँदैन । छिमेकी देशका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरू नेपाल भ्रमणमा आउँदा उनीहरूलाई नेपालको विशेषता देखाउन जरुरी हुन्छ । पश्चिमा सभ्यताको अनुशरण गर्ने नाममा आफ्नो देशको संस्कृति र संस्कारलाई चटक्कै बिर्सिने गरिएको छ । यो अवश्य पनि देशको निम्ति शोभनीय होइन ।

विदेशी पाहुनाहरू नेपाल भ्रमणमा आउँदा हामी नेपालीहरूले सहयोगको अपेक्षा गरिरहेका हुन्छौं, यो मगन्ते प्रवृत्ति हो, हाम्रो नेपाली सभ्यतालाई नसुहाउने प्रवृत्ति हो । मगन्ते प्रवृत्तिले कुनै पनि देशको समृद्धि हुन सकेको छैन । हामी कसरी आत्मनिर्भर बन्ने भन्ने सवालमा चिन्तनशील र लगनशील बन्नु जरुरी छ । नेपाल छिमेकी देशहरूको नजरमा सामरिक महत्वको देश मानिन्छ । यो देश दुई छिमेकी देशहरू भारत र चीनको बीचमा रहेकाले यसको महत्व यी दुवै छिमेकीलाई बढिरहेको महसुस हुन्छ । उत्तरबाट हिमालय पर्वतले आवागमनलाई असहज बनाइरहेको छ भने दक्षिणतर्पmको समतल भूभाग र खुल्ला सीमाना नै नेपालको विकासको लागि बाधक बनिरहेको छ । आवागमनमा सहजता हुँदाहुँदै पनि दक्षिणतर्पm सीमा जोडिएका नेपाली भूभाग असुरक्षित बन्नु र सीमा क्षेत्रका नेपाली जनतामा सीमा पारीको नकारात्मक प्रभावको बोझ थपिनु दुर्भाग्यपूर्ण बनेको छ । त्यसैले नेपालमा आमन्त्रण गरिने अतिथिहरूसँगको व्यवहारलाई देशका जनताको हितका निम्ति प्रयोग गर्ने सवालमा सत्तासीन नेताहरूले ध्यानु पु¥याउनु जरुरी हुन्छ । मैले यी कुराहरू लेखिरहँदा छिमेकी देशहरूसँग सम्बन्ध स्थापित गर्दा नेपालको विशेष पहिचान हुनुपर्छ भन्ने कुरालाई विशेष महत्व दिन खोजेको हो । नेपालको विशेष पहिचान भनेको हामी मगन्ते होइनौं भन्ने सन्देश दिन सक्ने हैसियत बनाउनु हो । तर दुर्भाग्य नै भन्नुपर्छ, हामी नेपालीहरू विदेशी पाहुनालाई बोलाएर मगन्ते शैलीमा प्रस्तुत भइरहने काममा अभ्यस्त भइसकेका छौं ।

नेपाललाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरू उत्पादन गर्न हामी किन असफल भइरहेका छौं ? दुवैतिरका छिमेकीहरूको आशा गर्दा गर्दै हामी गरिबीको दुश्चक्रबाट माथि उठ्न नसक्ने अवस्थामा पुगिसकेका छौं । देशभित्र काम नपाएर कामका लागि नै युवाहरू विदेशीन बाध्य भइरहेका छन् । देशलाई आवश्यक पर्ने कृषिजन्य उत्पादनसमेत विदेशबाट आयात गरेर गुजारा गर्नुपर्ने अवस्थाबाट हामीले देशलाई कसरी माथि उठाउन सक्छौं ? हामी कहिले दक्षिणका प्रधानमन्त्रीको स्वागतमा लठ्ठिएका छौं भने कहिले उत्तरतिरका राष्ट्रपतिको स्वागत गर्न पाएकोमा ठूलै उपलब्धि मानिरहेका छौं । यस्तो प्रवृतिले देशको विकास हुन सक्दैन ।

हाम्रो देशमा प्राकृतिक सम्पदाहरूको भण्डार छ । ती प्राकृतिक सम्पदाहरूको उत्खनन् गर्नेतर्पm हाम्रो ध्यानाकर्षण जरुरी छ । देशलाई समृद्ध बनाउन यो नै मुख्य आधार हो । तर यसतर्पm हाम्रो देशको सरकार चुकिरहेको छ । त्यसैगरी जलसम्पदा नेपालको सबैभन्दा महत्वपूर्ण विकासको पूर्वाधार हो । जलसम्पदाको सदुपयोगका लागि सरकारको कुनै योजना देखिदैन । केवल विदेशी लगानीको सपना देख्ने र देशभित्र १० करोड लगानी गर्न आएका विदेशीहरूलाई अर्बौ लुटेर लैजान दिने प्रवृति सरकारी तहबाटै देखिएको छ । यो भन्दा दुर्भाग्यपूर्ण के हुन्छ ? राष्ट्रपति सीले सभ्यताको पाठ सिकाएर गएका छन्, नेपालका नेताहरूले सिकेको सभ्यता कार्यान्वयन गर्न कति वर्ष प्रतिक्षा गर्नुपर्ने हो ? प्रतिक्षा गर्नैप¥यो ! –[email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here