राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भन्दै प्रदर्शन

244

काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक रोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भन्दै सिरहामा प्रदर्शन गरेको छ ।

पार्टीले बुधवार राष्ट्रपति विरुद्ध प्रदर्शन गरेको हो ।  विरोध प्रदर्शन कार्यक्रममा उपस्थितहरूले राष्ट्रपतिको पुत्ला समेत दहन गरेका छन् ।

सरकारले संसदबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति समक्ष नागरिकता विधेयक पेश गरेकोमा राष्ट्रपति भण्डारीले विधेयक पास गरिनन् ।

मंगलवार मध्यरातदेखि विधेयकको समयसीमा सकिएपछि अहिले राष्ट्रपतिको राजीनामासमेत मागिएको छ ।

राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै राजीनामा दिनुपर्ने समेत आवाज उठिरहेको समयमा राउत नेतृत्वको जनमत पार्टीले आज विरोध प्रदर्शन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here