राष्ट्रपतिको कदमलाई लिएर गठबन्धनले विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गर्ने

59
????????????? ????? ??????????? ?????? ????? ???????? ???? ???? ??????? ????? ???? ?????? ?????? ????????????? ????????? ????????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं ।  नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई लिएर सत्ता गठबन्धनले विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ।

बुधबार बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ। त्यसै क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता रामहरि खतिवडाले गठबन्धनले विज्ञप्ति सार्वजनिक गर्ने बताए।

राष्ट्रपति भण्डारीले कसैको इशारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको खतिवडाको आरोप छ। जुन संविधानमाथिको अपमान भएको उनले बताए। ‘यही कुरा तपाईंहरु माझ सम्पूर्ण पार्टीको तर्फबाट विज्ञप्ति आउँदैछ,’ उनले भने।

उनले आफूहरुले राष्ट्रपतिलाई संविधानभित्रको राष्ट्रपति भनेर चिन्ने बताए। ‘यो संविधान कार्यान्वयन गर्ने जिम्मा पनि उहाँको हो। तर आफूले नपाएको अधिकार अर्काको इशारामा प्रयोग गर्दाखेर त्यसको असर भोलि के पर्छ भन्ने कुरा राष्ट्रपतिले बुझ्नुपर्थ्यो। त्यो कुरा राष्ट्रपतिले बुझ्नुभएन,’ उनको प्रतिक्रिया छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here