संसदको कार्यकालसँगै सबै विधेयकहरू स्वतः निष्क्रिय हुने

98

काठमाडौं । संविधानविद् डा भिमार्जुन आचार्यले संसदको कार्यकालसँगै सबै विधेयकहरू स्वतः निष्क्रिए भएको जनाएका छन ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएन भनेर भएको बहसमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन । डा आचार्यले संसदको कार्यकालसँगै सबै विधेयकहरू स्वतः निष्क्रिय हुने जनाएका छन ।

डा आचार्यले भनेका छन,  ‘गएको असोज १ गते नै संसद्को कार्यकाल सकिएको हुँदा अब विधेयक निष्क्रिय भइसकेको अवस्थामा राष्ट्रपतिबाट कसरी प्रमाणीकरण हुन्छ रु’ डा आचार्यले अब नागरिकता विधेयक नयाँ संसदले सुरूवाती अवस्थाबाटै अघि बढाउनुको विकल्प नरहेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here