काठमाडौं /जापानको राष्ट्रिय फुल साकुरा दक्षिण एशियामै ऐतिहासिक वृक्षारोपन प्रथम पटक नेपालमा सम्पन्न भएको छ । किर्तिपुरको सिमानामा रहेको चन्दगिरी नगरपालिका तिनथाना वडा नंं. १५ मा स्थित भीराडिल खाइके साकुरा पार्कमा
जापानको राष्ट्रिय फुल साकुरा ऐतिहासिक वृक्षारोपन गत शनिबार भव्य रुपमा समापन भयो । जापानबाट अतिथिहरुलाई पञ्चकन्या तथा महिला जनप्रतिनिधि सदस्य श्रृति मालीले देशभक्ति नेपाली गीत गाई स्वागत गर्नु भएको थियो । उनले भने ‘यस भिरालो ठाउँलाई दुई तीन बर्षभित्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेमा आफु विश्वस्त रहेको अभिव्यक्ति राख्नु भयो ।’
विशेष अतिथिका रुपमा पाल्नु भएका जापानी राजदुतावासका कार्यवाहक राजदुत महामहिम योसिओका युजोले ‘यस भव्य समारोहमा मैले पनि सहभागी हुन पाउँदा अन्त्यन्तै लाग्यो । जापानबाट बोटविरुवा ल्याउन विभिन्न गाह्रो प्रकृयाहरु सबै पार गरि तपाईहरुको माझमा ल्याउन सफल भएकोमा रोपाई कार्यव्रmम सफलताको शुशकामना सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनु भयो ।
यस भीराडिल खाइके साकुरा पार्कमा साकुरा फुलको ५० वटा विरुवाको रोप्ने कार्यव्रmममा जापानको काइके लाइफ सेभिङ कल्व, यनिभरसिटी अफ जापान, माउण्टेन फेण्डसिप एसोसिएसन जापान लगायतको सहयोगमा सो वडामा वृक्षहरु रोपिएको थियो । जापानका अथितिहरुमा फुकुसिमा युजी, नेजिमा इसाओ, तोजिमा, फुकुदा योउका, साकामोटो मिदोरी पनि पाल्नु भएको थियो ।
प्रमुख अतिथिका रुपमा सांसद कृष्णगोपाल श्रेष्ठले जापान यस्तो देश हो नेपाललाई अत्यन्तै माया गर्ने तथा सहयोग गर्ने देश हो । बारपार्कलाई केन्द्रित गरि २०७२ साल बैशाख १२ गते महाभुकम्पमा सबै भन्दा बढी सहयोगी हातको रुपमा जापानीबाटै सहयोग गरेकोप्रति व्यक्तिगत तथा नेपाल सरकार, सिंगै चन्द्रागिरि नगरपालिकाको तर्फबाट धन्यबाद दिनुभयो ।
सांसद कृष्णगोपालले भुकम्पको कारण भत्किरहेको काठमाडौंको हनुमानढोका आगंछेँ बनाउने कार्यमा अमेरिका, चिन, बेलायत तथा जापान बनाउने कार्य भइरहेकोमा विवाद जापानको जाइका मार्पmत विवाद विवादको हल जानकारी गराउनु भयो । उनले भने, ‘साकुरा फुललाई हामीले आफ्नो छोराछोरी भन्दा बढी माया गरि हुर्केपछि फेस्टेबेल गर्ने योजना रहेको छ’ अझ जापानमा भन्दा बढी राम्रो फुल देखाइनेछु साथै जापानको खाइके शहरको टुव्रmा जस्तै विकास गरिने प्रतिबद्धता दिनु भयो ।
‘जापानीहरु स्वाभीमानी हुन्छन् अन्त्यन्त मिहेनती रहेको त्यस कारण जापान विकास भएको हो हामीले जापानीजबाट धेरै कुरा नेपाली जनताहरुले सिक्नु आवश्यक रहेको छ’ भनी वडा अध्यक्ष उत्तम बहादुर राउतले मन्तव्य राखी कार्यक्रम समापन गर्नु भयो ।
प्रस्तुति :— रिदेन महर्जन



















