श्रमजीवी ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने

221

काठमाडौँ, प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्ने भएको छ ।

काउन्सिलले आइतबार विज्ञप्ति जारी गरी धनुषाको जनकपुरमा यही मङ्सिर २०, २१ र २२ गते सम्पन्न काउन्सिलको बैठकले गरेका निणर्य सार्वजनिक गर्दै प्रेस स्वतन्त्रतासम्बन्धी हननका घटनाको अनुगमन गर्न उपसमिति र कार्यविधि बनाउने निणर्य गरेको जनाएको छ । ‘पत्रकार आचारसंहिता उजुरी सुनुवाई र कारवाहीसम्बन्धी कार्यनीति पारित गरिएको छ, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण गरिने छैन, सरकारबाट उपलब्ध हुने सेवा सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सर्वोच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न आवश्यक पहल गर्नुका साथै वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य बीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गर्ने भएको छ ।प्रेस काउन्सिल नेपालले पत्रकारलाई प्रदान गर्ने उपचार खर्च दोब्बर बढाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here