पथरीमा हवाई फायर ! प्रहरी प्रशासनमा ढुङ्गामुडा र नगरपालिका तोडफोड

296

पथरी / मोरङको पथरीमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। स्थानीयले प्रहरी प्रशासनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि स्थितीलाई नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको हो।

अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयले आन्दोलन गरिरहेका छन्।

मंगलबार पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ। व्यवसायी रिनाको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन।

स्थानीयले ‘हत्यारालाई कारवाही गर’ महिला हिंसा अन्त्य गर’ शान्ती सुरक्षा कायम गर, प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here