काठमाडौं / मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस् , मिस टिन कलेज , कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत महिलाहरुमा केन्द्रित ‘Mrs. Beauty Queen Nepal 2018’ सिजन २ को आयोजना गर्ने भएको छ । सिजन मिडियाले यो कार्यक्रम दोस्रो चोटी आयोजना गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।
महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर ,नेतृत्वदायी क्षमताको विकास, सामाजिक तथा राजनैतिक ज्ञान सिपको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार शसत्त महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम फेरी पनि गर्न लागिएको हो ।
विगत दश वर्षदेखि काठमाडौंैमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो दोस्रो चरणको संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा ३० प्रतियोगी समावेश गराइने जानकारी दिए साथै उक्त प्रतियोगीताको लागि फारम पनि खुल्ला भइसकेको वन्तले यसै विज्ञप्ती मार्फत जानकारी गराए । नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्य नजर राखी पहिलो चरणको छनोट यहि मंसिर २९ गते शनिबार सिडव्लु पाटी प्यालेस कमलादीमा दिनको १ वजेवाट हुनेछ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, सेल्फ डिफेनस,सेल्फ मेकअप, फोटो सेसन ,व्यक्तित्व विकास ,नेतृन्व विकास, वाक कला,क्याटवाक सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी तथा तालिम प्रदान पनि गराइने छ ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तराष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण प्रदान गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।
प्रतियोगिताका विजेताले ‘मिसेस ब्युटि क्विन नेपाल २०१८’ को उपाधी सहित रु १ लाख ८३ हजार वरावरको सुजुकी स्कुटर, लेटमिइनको तर्फवाट रु ५० हजार वरावरको गिफ्ट भौचर र ५ दिने दुवाई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश स्माट मोवाइल फोन लेटमिइनको तर्फवाट रु ३० हजार वरावरको गिफ्ट भौचर,साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन भने ५ दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक थर्डरनरअप र फोर्थ रनरअप साथै अन्य विभिन्न १८ विधामा पनि विजेता छनौट गरिनेछ ।


















