पत्रकारले लेख्ने समाचारप्रति आक्रोश पोख्दै सञ्चार मन्त्री बास्कोटा

267

सञ्चार मन्त्री गोकुल बास्कोटाले नाम नलिएपनि संकेतचाहिँ निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणतर्फ गरेर प्रहरीले समातेका व्यक्तिलाई मिडियामा आउने समाचारप्रति थप खनिँदै मिडियाले ‘नक्कली अपराधी समातियो’ भनेको गुनासो गर्दै पत्रकारमाथि आक्रोश पोखेका छन् ।

मिडियामा आउने समाचारप्रति खनिँदै नक्कली अपराधी समातेको भनेर लेख्नेले सक्कली अपराधी देखाइदिनुपर्ने मन्त्री बास्कोटाले जनाए । उनले भने – ‘त्यसोभए सक्कली अपराधी कहाँ छन् रु त्यो लेखिदिनुपर्‍यो नि । कि सक्कली को हो भनेर उसैलाई समाउन त मिलेन होला । उसलाई लाग्यो लेखिदियो ।’

प्रेस काउन्सिल नेपालले काठमाडौंको गैरीधारामा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले भने- सरकारले जे गर्छ, त्यो सबै नक्कली हो, अरुले जे गर्छन्, त्यो मात्रै सक्कली हो ।’ ‘जब सरकारले छानविन गर्दैछ, अनुसन्धान गर्दैछ, पत्ता लगाउने संकल्प छ भने मान्छे समात्दा फेरि अर्को नक्कली समात्यो भन्छ ।

प्रहरीले गर्ने काम पत्रकारले गर्न थालेको आरोप लगाउँदै उनले अगाडि भने- ‘पत्रकारहरु यहाँ त छापा हान्न पनि आफैं गइदिन्छन् । छापा हान्ने काम पत्रकारको होइन, लेख्ने काम हो । छापा हान्ने त पुलिसको काम होला नि त !

सरकारको कमजोरी छ भने देखाइदिए हुन्छ भन्दै मन्त्री बास्कोटाले इतिहासकै पहिलोपल्ट स्थिर बनेको सरकारले सके राम्रो गर्ने हो, नसके पनि नराम्रो नगर्ने हो जनाए ।

मन्त्री बास्कोटाले पत्रकारले लेख्ने समाचारमा मात्र होइन पत्रकारको पारिश्रमिक र मिडिया हाउसले पाउने सरकारी विज्ञापनतर्फ पनि आक्रोश व्यक्त गरे ।

सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजारबाट २५ हजार पुर्‍याएको जनाउँदै मन्त्री बास्कोटाले भने- ‘पत्रकार महासंघसँग पनि मेरो गुनासो छ, पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउने निर्णय त सरकारले गर्‍यो नि । उहाँहरु पुगेन भनेर चाहिँ वक्तव्य निकाल्नुहुन्छ, लागू गराउन साथ सहयोग छैन ।’

सञ्चार मन्त्रालयले काम गरिरहेको जनाउँदै बास्कोटाले अब समानुपातिक विज्ञापनसम्बन्धी नीति आगामी संसदबाट लागू हुने जनाए । निजी क्षेत्रको विज्ञापनमा जसको शक्ति, उसको भक्ति हुने भए पनि सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरिने उनले प्रतिवद्धता जनाए ।

मन्त्री बास्कोटाले मिडिया हाउसका सञ्चालकलाई संकेत गर्दै सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक लागू हुनैपर्ने जिकिर गरे । उनले भने – ‘यो घोषणाको निम्ति घोषणा गरिएको हैन, यो कार्यान्वयनमा जान्छ । अब लडाइँ बाँकी छ भन्नुहुन्छ, लडाइँ त बाँकी छ यो देशमा १ न्यूनतम पारिश्रमिक लागू गर्न मान्दिनँ भन्नु भो नि केही साथीहरुले । योचाहिँ कानूनको उल्लंघन हो कि हैन रु’

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको दाबी गर्दै मन्त्री बास्कोटाले  भने- ‘हामी प्रेस स्वतन्त्रताका लागि लडेका छौं । आज मानवअधिकार दिवस पनि हो । हामी प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here