प्रहरीलाई गाली तथा हातपात गर्ने २ जना पक्राउ 

233

काठमाडौं / काठमाडौं महानगरपालिका-५ स्थित हाँडिगाउँ खहरेचोकमा जाँचको क्रममा सोमबार बेलुका डिउटीमा रहेका प्रहरीलाई गालीगलौज एवं हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं चावहिल बस्ने सप्तरीका २७ वर्षीय प्रयास क्षेत्री र ललितपुर नख्खु बस्ने २६ वर्षीय पुस्सक शाह रहेका छन् । प्रयास क्षेत्रीले मादक पदार्थ सेवन गरी चलाएको बा७० प ४१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उठाउन जाँदा प्रहरीलाई गालीगलौज तथा हातपात समेत गरेकोले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here