जन्ती चढेको जिप दुर्घटना,  बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु

127

दाङ / चितवनकाे गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोरपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने  २ जना घाइते भएका छन् ।

गएराति २ बजे ठोक्किएर भएको सो दुर्घटना दाङ स्थित लमही नगरपालिका वडा नं  ९ रिहार नजिक भएको हो ।

स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर अस्पतालमा   उपचार भइरहेको छ ।

मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त छन् । दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

एक आपसमा ठोकिएका स्कारपियो र बस दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् ।

दुलाहा दुलही भने अर्काे स्कारपियोमा भएको हुनाले बाँच्न सफल भएका छन् । बुवाआमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here