इटहरी / सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको जनाउनुभएको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा आज आयोजित श्रीमद् वाल्मिकी रामायण नवाह महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, `जातीय एकता र सहअस्तित्वबीचको मिलन तथा एक अर्काको धर्मसंस्कार र संस्कृतिप्रति समान सद्भाव राख्न सक्नु नै हामी नेपालीको विशिष्ठ पहिचान हो ।´
यसैगरी सुनसरीको इटहरीस्थित षडानन्द स्मृति प्रतिष्ठानको १८४आैं जन्मजयन्ती समारोहमा प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले नेपालको इतिहासमा आवाल ब्रहमचारी बालागुरु षडानन्द अधिकारीको विशिष्ठ योगदान रहेको कुरा नेपालले कहिल्यै बिर्सन नहुने जनाउनुभयो ।
षडानन्द प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदुषी वृन्दा बराल निरौलालाई दोसल्ला ओढाएर सम्मान गरियो ।


















