नेपाल वायुसेवा आजदेखि अनलाइन टिकेटिङ्ग प्रणालीमा

209

 काठमाडौं / नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ । यस अघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको थियो ।

निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले शुभारम्भ गर्नुभयो । यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन् ।

कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ्ग प्रणाली थालिएको जनाउनु भयो ।

साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा हो भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here