बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शुभलभ’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा सिनेमाका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेल फिचर्ड छन् ।
नेपाली चलचित्र क्षेत्रमा यही चलचित्रबाट यी दुवै कलाकारले डेव्यु गर्दैछन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् भने चलचित्रका प्रस्तुतिकर्ता प्रदीप कुमार उदय हुन्।
‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत रहेको छ भने चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।


















