महाकाव्यकार डा. माधव सापकोटा र प्रशान्त डंगोलको संयुक्त रुपमा महाकाव्य बिमोचन त्रिभुवन विश्वविद्यालय स्थित अडिटोरियम हल, शिक्षाशास्त्र संकायमा मङ्सिर २९ गते शनिबार बिमोचन भएको छ ।
कायव्रmममा प्रमुख अतिथीको रुपमा पाल्नु भएका नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी, प्रा.डा. बेदराज आचार्य, नेपाली भाषाका विद्धान तथा विश्वभाषा क्याम्पसका पूर्वीय भाषा विभाग तथा गजलकार प्रा.डा. मोहन तिल्मिसिना, समाजसेवी मनिराज डंगोल, त्रि.वि. प्रध्यापक डा. गोविन्दराज भट्टराइ, टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोल, घनस्याम न्यौपाने ‘परिश्रमी’, कलाकार, चलचित्र निर्माता, लेखक शुभेच्छा थापा लगायतका अतिथिहरूले संयुक्त रुपमा डा. सापकोटाको विश्वको पहिलो अनुसन्धानमूलक कृति “Epic Theory And Tradation“ तथा डंगोलको पश्चिमी महाकाव्य सिद्धान्तका आधारमा रचित नवयुगीन अनुसन्धानमूलक माक्र्सवादी महाकाव्य “विद्रोही साहिँलो“ महाकाव्य संयुक्तमा विमोचन गर्नु भयो ।
डा. सापकोटा कृति आफ्रैमा नयाँ छ । नेपाली साहित्य र चिन्तनको सन्दर्भ नौलो आयाम थपिएको छ । अनुसन्धानमा एउटा हस्तक्षेप गरिनुका साथैं डंगोलको कृतिले इतिहासको गाथा गाउँछ । निरन्तर संघर्षको संकेट गर्छ, विद्रोहको आवश्यकता छ । यदि मानिसले सुन्दर जीवन चाहन्छ भने विद्रोहमा हाम फाल्नै पर्ने, विद्रोह अगाडी बढ्नै पर्छ, यदि विद्रोहमा अग्रशर भएन भने जनजाति शोषित पिडित जाति मर्ने वाला छ, यो पुस्तक विद्रोहको खोजी गरिएको कुरा औल्याउनुका साथै रुपगत बस्तुगतको उत्तारिनुका साथै लेखकद्धयलाई बधाई तथा शुभकामना दिई गतिवान हुन समेत आग्रह गर्नु भयो । रीदेन महर्जन

















