काठमाडौं / सर्वोच्च अदालतको एक भवनमा मंगलबार बिहान आगलागी भएको छ । फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको भवनमा आगलागी भएको हो ।
सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागि भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे बारे विस्तृत जानकारी आउन बाँकी छ ।भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन ।


















