काठमाडौं / आदिवासी जनजातिहरूले काठमाडौंस्थित माइतिघर मण्डला घेराउ गरेका छन्। आदिवासी जनजातिहरूले मनाउँदै आएको विभिन्न पर्व विदा कटौती गरेको विरोधमा पुनर्स्थापनाको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्ले देशैभर चरणवद्ध आन्दोलन गर्ने क्रममा मण्डला घेराउ गरेको हो ।
सरकारले पर्व विदा कटौती गरे एकल जातीय, एकल सांस्कृतिक व्यहार गरेको भन्दै महासंघमा आवद्ध विभिन्न जातीय संगठनहरूले तत्काल पुनर्स्थापनाको माग गरेका हुन् ।
यसै सन्दर्भमा बुधवार ठूलो संख्यामा माइतिघरमा भेला भएका आदिवासी जनजातिहरूले
तमू ल्होसार, सोनाम ल्होछार, ग्याल्बो ल्होसार, उधौली, उभौली माघे सकरातीरमाघि लगायतका आदिवासी जनजातिहरूको पर्वको सार्वजनिक विदा पुनर्स्थापनाको माग गर्दै विभिन्न नाराबाजी समेत गरे।
बुधवार दिउँसो १ बजेदेखि शुरू भएको माइतीघर मण्डला घेराउ कार्यक्रम दिउसो ३ बजेसम्म चलेको थियो। सरकारसँग ती पर्व विदा कटौती फिर्ता गरेर पहिलेकै विदा कायम गर्न माग गरे।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले संविधानले यो मुलुक बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुलतायुक्त हो भनेको तर अहिलेको सरकारले संविधान विपरित काम गरेर आदिवासी जनजातिमाथि विभेद गरेको जनाए। उनले आदिवासी जनजातिको पहिचानसँग जोडिएको पर्वहरू राष्ट्रिय पर्वबाट हटाएको भन्दै त्यसलाई पुर्नस्थापित गर्नका निम्ती आन्दोलन गरिएको जनाए।
ुलामो समयदेखि नेपालका आदिवासी जनजातिको सभ्यता, संस्कृति, धर्म, पहिचान, इतिहाससँग जोडिएका राष्ट्रिय पर्वहरू २०६२र६३को परिवर्तनपछि प्राप्त भएको थियोु, उपाध्यक्ष छन्त्यालले भने ुतर अहिलेको सरकारले खोस्यो। त्यो पुनर्स्थापित गर भन्ने मात्रै हाम्रो माग हो। हिजो हामीले पाइरहेको विदा हामीले पाउनुपर्यो भन्ने मात्र हो।ु
यसैगरी महासंघका प्रवक्ता तथा नेपाल मगर संघका अध्यक्ष नविन रोकामगरले नेपालको संविधानको मर्मअनुसार सबै जाति, समुदायको भाषा, धर्म, सामाजिक मूल्यमान्यता, धर्मलाई समान अधिकार र अवसर दिनुपर्ने भन्दै तर अहिलेको सरकारले आदिवासी जनजातिको पर्व कटौती गरेर असमान व्यवहार गरेको जनाए। उनले कुनै समुदायको पर्वलाई राष्ट्रिय पर्व भन्ने र कसैको पर्व विदा कटौती गरेर राज्यले असमान व्यवहार गरेको भन्दै पर्व विदा कटौती पुनर्स्थापित गरेर समान ढंगले राष्ट्रिय पर्व कायम गर्न माग गरे।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, तमु ह्युल छोंज धिका अध्यक्ष रेशम गुरूङ, बौद्ध धर्म गुरू आचार्य नुर्बु शेर्पा, रणवीर सुनुवार, फुलमान चौधरी लगायतले सरकारले आदिवासी जनजातिको माग सम्बोन नगरे आन्दोलन अझ व्यापक बनाउने जनाए।

















