गीतकार एवम् नेपाल प्रहरीका एसपी टेक तामाङको चौथो गीति एल्वम ‘नाता’ बजारमा आएको छ । अनुश्री पाख्रिनको प्रस्तुति रहेको एल्वममा ८ गीत समावेश छन् ।
एल्बममा अञ्जु पन्त, संगीता राणा प्रधान, मेलिना राई, जिना रसायली, दीपा लामा र ओङमु लामा शेर्पाले गाएका गीतहरु संग्रहित छन् । यसैगरी अर्जुन पोखरेल, किशोर खतिवडा, कन्काइष्ट राई, पावल चाम्लिङ र बुद्ध स्याङ्बा लामाले संगीत दिएका छन् ।


















