एनआईसी एसियाको साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस सेयर दिने

124

 काठमाडौं / एनआईसी एसिया बैंकको बुधबार बसेको २१औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव निर्णय पारित गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १० प्रतिशतका दरले ८० करोड ३१ लाख ११ हजार ७ सय रुपैयाँ बोनस सेयर वितरण गर्न र सोमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय
गरेको छ ।

उपरोक्तबमोजिमको बोनस सेयर वितरणबाट बैंकको साबिक अधिकृत पुँजी ८ अर्ब ४ करोड रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ८४ करोड रुपैयाँ बनाउन साविकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९९८ रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ बनाउन स्वीकृत प्रदान गरेको छ ।

 निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here