गर्भवती अवस्थामा छाला च्यातिएर बसेको दाग हटाउने उपायहरु

518

गर्भवती अवस्थामा महिलाहरुको छाला निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए अथवा च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म जाँदैन । यसले गर्दा महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्ता दाग हटाउनका केही उपायहरु अपनाउन सकिने अध्ययनले जनाएको छ ।

चिनी
२ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाएर घोल बनाउने र उक्त घोललाई दाग भएको छालामा लेप बनाएर लगाउने । १० मिनेटसम्म दाग वरिपरि मसास गर्ने । मसाज गरिसकेपछि चिसो पानीले पखाल्ने । एक महिनासम्म यो विधि अपनाउनेले छाला च्यातिएर भएको दाग हटाउन सकिन्छ ।

आलु
आलुमामा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकास तथा छालामा भएको दागधब्बालाई समेत निको पार्नसक्छ । त्यसैले आलुलाई काटेर दागमा लगाउने । आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउन सकिन्छ ।

सुपारी
सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ । यसले शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ । त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाएर खस्रो सतहमा घोट्ने । बाक्लो लेप बनाएर शरीरका कुनै पनि दाग भएको ठाउँमा लगाउन सकिन्छ । राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ ।

अण्डाको सेतो भाग
उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ ।

घिउकुमारी
घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो । यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ । त्यसैले दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ । त्यस्तै च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नु पर्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here