फेसबुकविरुद्ध मुद्दा दायर

80

अमेरिकाले फेसबुकविरुद्ध मुद्दा दायर पहिलोपटक महत्त्वपूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।

राजधानी वासिङ्टन डीसीका प्रमुख अभियोजनकर्ताका अनुसार क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिकालाई दण्डित गर्ने उद्देश्यका साथ मुद्दा दायर गरेका छन्।

फेसबुकले चाहिँ डिस्ट्रिक्ट अफ कोलम्बियाका महान्यायाधीवक्ताले बुधवार दर्ता गरेको मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ।

महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौँ प्रयोगकर्ताका व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख गरिएको छ।

फेसबुकमा क्रियाकलाप र लापरबाहीका विषयमा यस अघि पनि केही अनुसन्धानहरू भइसकेका छन्।

फेसबुकका एक प्रवक्ताले चाहिँ आफ्नो फर्म विरुद्धको अभियोगको अहिले अध्ययन भइरहेको जनाएका छन्।

बीबीसीलाई भने अभियोगका सम्बन्धमा वासिङ्टन डीसी र अन्य स्थानका कानुनविद्हरूसँग परामर्श लिने कार्य भइरहेको छ।

पछिल्लो अभियोगका अतिरिक्त फेसबुकमाथि अमेरिकाको न्याय मन्त्रालय, सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन र फेडेरल ट्रेड कमिशन जस्ता आयोगहरूले छानबिन गरिरहेका छन्।

जरिवाना
ब्रिटेनमा क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिवाना गरिएको थियो।
त्यो ब्रिटेनको डेटा नियामक निकायले असुलेको अधिकतम जरिवाना गराइएको थियो।

फेसबुकको सुरक्षा कमजोरीका विषयमा आयरल्याण्डमा पनि अनुसन्धान जारी छ।

फेसबुकका अनेक सुरक्षा कमजोरीहरूमाथि अनुसन्धान गरिरहेका आइरिस तथ्याङ्क सुरक्षा नियामक निकायले फेसबुकलाई झन् धेरै समस्यामा पार्ने देखिएको छ ।
उक्त अनुसन्धान युरोपको नयाँ गोपनीयता सम्बन्धी नियमहरूको कार्यान्वयनको पहिलो, महत्त्वपूर्ण र ठूलो परीक्षण मानिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here