कमल थापालाई पार्टी एकताबारे प्रश्न गर्दै पूर्वराजा ज्ञानेन्द्र

218

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

विगत केही दिनयता पोखरमा बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाह र अध्यक्ष थापाबीच शुक्रबार बिहान नौ बजेदेखि सवा दश बजेसम्म भेटवार्ता भएको राप्रपाका नेता राजाराम वर्तोलाले जानकारी दिए ।

शाह र थापाबीच पोखराको माउन्ट ग्लोरी रिर्सोटमा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा पूर्व राजा शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र घटनाक्रमहरुका बारेमा अध्यक्ष थापासँग चासो राखेका थिए ।

त्यस्तै उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रयासका बारेमा भइरहेको प्रगतिबारे समेत सोधेका थिए । रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here