मेयर बालेन शाह र पूर्वराजपरिवार सदस्य हिमानी शाहबीच भेट

251

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराजपरिवार सदस्य हिमानी शाहबीच भेट भएको छ।

कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आइतबार साँझ आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो

भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको छ।
युवाहरूले राजनीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् ।

भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘काठमाडौं महानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो, राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयले जनाएको छ।

हिमानीले बालेनको परिवारबारे पनि चासो राखेकी थिइन् । उनीहरुबीचमा अंग्रेजीमा कुराकानी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here