दाङ बस दुर्घटनामा मृत्युहुने सबैको सनाखत, सात जनाको शव हेलिकप्टरबाट जुम्ला

443

शरद रेग्मी

दाङ / राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । भने १४ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु दाङको राम्रीमा भएको बस दुर्घटनामापरि मृत्यु भएका २३ जनाकै सनाखत भएको छ ।

ईलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट,बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १–१ जना रहेका छन् । जस्मा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ वर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ वर्षीय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० वर्षीय सञ्जीत रत्गैयाँ रहेका छन् ।

त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ वर्षीय कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दर गाउँपालिका ५ घर भएका २० बर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५
घर भएका १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय,जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला
चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।

त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्यु भएको हो ।

दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको हो । जुम्लालगायत टाढाका जिल्लाको शव लिन आज शनिबार हेलिकप्टर तुलसीपुर आउने भएको छ । साथै १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएकोहो । २२ जना घटना स्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रा.लिको बस रिर्जभ गरेर बिद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा दुर्घटनामा परेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल र प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजि पिताम्वर अधिकारी को समन्वयमा जुम्ला र जाजरकोटका मृतकहरुको शव हेलिकप्टरबाट घर सम्म पुर्याईएको छ । सनिवार अपरान्ह तुलसिपुर स्थित दाङ एयर्पाेट बाट जुम्लाका सातजनाको शव पठाईएको हो । यस्तै नेपालगन्जमा उपचार गराईरहेका १२ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here