नायक अभिनेता निखिल उप्रेतीको लिड रोल रहेको फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ ।
प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ । ट्रेलरमा उनलाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ भने अरुले नै गरेका छन् ।
द ग्लोबल पिक्चर प्रा।लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई पुष २७ गते प्रदर्शन मिति घोषणा गरिएको यस फिल्ममा कपिल खत्रीको पनि लिड अभिनय छ । फिल्ममा निखिलको प्रेमिकाको भूमिकामा निशा छिन् ।
ट्रेलर हेर्नुहोस् :


















