निर्मला हत्याकाण्डमा आईजीपी खनालद्वारा कमजोरी भएको स्वीकार

156

काठमाडौं / निर्मला हत्याकाण्डमा निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा हतारमा नतिजा खोज्दा कमजोरी भएको स्वीकार गरेका छन् ।

खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गर्दै भने, ‘हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं ।’

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने प्रतिवद्धता जनाउदै अनुसन्धानमा यति प्रतिशत सफलता हात पर्‍यो भनेर निर्धारण गर्न नसकिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here