पत्रकारको परिचयपत्र खोसेर हातपात गरेको घटना प्रति प्रेस युनियनकोआपत्ति

315

दाङ / नेपाल प्रेस युनियन दाङका सहसचिव शिवराज खनाल सहित कार्यसमिति सदस्य प्रीया स्मृति गजमेर र पत्रकार शिवु खनालमाथी प्रहरीले अभद्र व्यवहार गरेको घटना प्रति नेपाल प्रेस युनियन दाङले आपत्ति जनाएको छ ।

आज सोमवार युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के. शीतलले विज्ञप्ती जारी गर्दै देउखुरीमा हिजो आईतवार युनियन दाङका सहसचिव खनाल, कार्यसमिति सदस्य गजमेर र अर्का पत्रकार खनालमाथि प्रहरीले गरेको दुरब्यवहारको भत्र्सना गर्नुभएको हो ।

कन्चनपुरबाट झापा लैजान थालिएका गोरुको बारेमा समाचार संकलन गर्न राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा प्रहरीले उहाँहरु माथि अभद्र व्यवहार गरेको हो । स्थानीयले ति गोरुहरु रोकेर राखेका थिए । युनियनका सहसचिव खनाल सहितका पत्रकारहरु त्यहाँ समाचार संकलनका लागि पुगेका थिए । त्यस क्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक रविन्द्रराज पाण्डेले सञ्चार सामाग्री खोसेको र फोटो, भिडियो समेत डिलिट गरिदिएका थिए । साथै पाण्डेले उहाँहरुको पत्रकार परिचयपत्र खोसेर हातपातसमेत गरेका थिए ।

‘नागरिकले सत्यतथ्य सूचना पाउने हकको कार्यान्यवनकालागी घटनास्थलबाट लिइएको श्रव्यदृष्य सामाग्री खोसेर मेटाउनु संविधानको मौलिक हकको ठाडो उलंघन हो’ युनियन दाङको विज्ञप्तीमा उल्लेख छ– ‘पत्रकारहरुको परिचयपत्र खोसेर उहाँहरुमाथी हातपात गर्नु निन्दनिय कार्य हो ।’ साथै यस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि नदोहोर्याउन पनि युनियन दाङले सम्वन्धित पक्षलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here