प्राज्ञिकको मिसन साहसी अभियान भैरहवामा सम्पन्न

184

नारी सुरक्षा र सम्माानका लागि देशभर सञ्चालन भैरहेको मिसन साहसी अभियान अन्तर्गत विशेष प्रशिक्षण समारोह भैरहवामा सम्पन्न भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल भैरहवा नगर इकाइ समितिद्वारा सञ्चालन गरिएको मिसन साहसी विशेष गरेर १३ वर्ष देखि २३ वर्ष उमेर समूहका छात्राहरूका लागि आत्मविश्वास र आत्मरक्षाका लागि आवश्यक वैचारिक एवं शारीरिक सीपहरूको प्रशिक्षण प्रदान गर्ने एक राष्ट्रिय अभियान हो ।

यस अभियानका माध्यमबाट महिला माथि हुने हिँसा, बलात्कार तथा यौनजन्य दूव्र्यवहारबाट बच्नका लागि आवश्यक आधारभूत शारीरिक प्रशिक्षण प्रदान गरिदैछ । आगामी तीन महिनासम्म देशभर सञ्चालन हुने मिसन साहसीमार्फत् देशका लाखौँ छात्राहरूलाई प्रशिक्षण प्रदान गरिने राष्ट्रिय अभियान संयोजन समिति कि सदस्य एवं परिषद राष्ट्रिय सचिव निशा क्षेत्रीले जानकारी गराउनुभयो ।

भैरहवाका सबै विद्यालयका कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाइ शारीरिक एवं वैचारिक प्रशिक्षण प्रदान गर्दै भैरहवा बहुमुखी क्याम्पसको चौरमा भव्य समारोहका बीच मिसन साहसी अभियानको विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी नगर उप प्रमुख उमा काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । साथै समाजसेवी एवं नमुना एकीकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेल एवं परिषद्का राष्ट्रिय सह–संगठन सचिव रमेश कण्डेल विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

मिसन साहसी अभियान भैरहवा संयोजक रचना क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषदकी राष्ट्रिय सचिव निशा क्षेत्री, भैरहवा बहुमुखी क्याम्पस सह क्याम्पस प्रमुख अरुणा भुषाल, भैरहवा नगर अध्यक्ष दिपेश भट्टराई, नगर सचिव विजय अग्रहरी, नगर छात्रा प्रमुख सरिता न्यौपाने लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

कराँते समूह र तेक्वान्दो समूहका प्रशिक्षकहरूद्वारा छात्राहरूलाई विशेष आत्मरक्षा सम्बन्धी शारीरिक प्रशिक्षण प्रदान गरिएको कार्यक्रममा १२०० भन्दा बढि छात्रा, शिक्षक शिक्षिका एवं सामाजिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here