शरद रेग्मी
दाङ / नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका महिला उद्यमिहरुको ५ नम्बर प्रदेशको भेला दाङमा हुन लागेको छ ।
पौष महिनाको दोश्रो साता दाङको तुलसिपुरमा हुने भेलामा १२ जिल्लाका २९ वटा जिल्ला तथा नगर उधोग वाणिज्य संघ अन्तर्गतका महिला उद्यमिहरु सहभागी हुने भएका छन ।
जिल्लाहरुमा महिला उद्यमिहरुको अवस्था ,उनिहरुका समस्या र सम्भावनालाई व्यापक रुपमा छलफल गरेर उनिहरुलाई सिपमुलक कार्यक्रममा सहभागी गराउनु मुख्य उद्वेश्य रहेको प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलाहरूलाई समुह बनाएर सिपमुलक कार्य,उत्पादन र पशुपालन गर्न समेत थप प्रेरित गरिने जनाउनुभयो । साथै भेलामा सामान्य अन्य प्राविधिक कुराहरू समेत सिकाने छ प्रदेश अध्यक्ष तिवारीले भन्नुभयो । व्यवसाय सञ्चालन गर्दा लेखा राख्ने तरिकाका बारेमा समेत भेलामा जानकारी गराउने कार्यक्रम मिलाईएको महिला उधमि एव प्रदेश सयाेंजकले जानकारी दिनुभयो ।
महिलाहरुको प्रदेश भेलाको उदघाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महिला नेत्रि एव प्रदेश सभासदहरुको समेत विशेष उपस्थित रहने छ ।

















