आई.एम.एस. ले ल्यायो बजारमा क्रेनका उत्पादनहरु

214

विश्वकै नम्बर १ ब्राण्ड (Humidifier Brand Crane)को नेपाल स्थित आधिकारिक बिक्रोता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।

यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै जगmष्मषष्भच (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु) एयर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो ।

क्रेन ब्राण्डले नविन एवम उत्कृष्ट वस्तुहरु उत्पादन गरे वापत ‘Best Humidifier for Small Spaces- 2015, PTPA Consumer Report Magazine BEST PRODUCTS 2012’ र ‘Family Choice-2018’  लगायत अन्य धेरै पुरस्कार एवम सम्मानहरु पनि प्राप्त गरि सकेको छ ।

क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन Humidifier को प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडो याममा फाइदाजनक हुन्छ । यसले विशेषतःहावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगायत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ ।

यसै सन्दर्भमा आ.एम.एस. ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत दिपक मलहोत्रा भन्नुहुन्छ ‘हामी क्रेन जस्तो अन्तराष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउँदा खुसी र उत्साहीत छौ । यसका उत्पादनहरु स्वास्थ्य लगायत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन’ । आ.एम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरुलाई कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने पनि उहाँले जनाउनुभयो ।

यस ग्रुप सदैव नेपाली उपभोक्तहरुको बदलिदो माग र आकांक्षालाई पूरा गर्न उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ब्जारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्राले दाबी गर्नुभयो । क्रेनका उत्पादनहरु ग्राहकवर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत खरिद गर्न सक्नेछन् ।

आई.एम.एस गु्रपको बारेमा
आई.एम.एस गु्रप २० ओटा कम्पनीहरुको साझा समूह हो । यो ग्रुप Samsung मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आई.एम.एस सन् १९९८ मा पहिलो पल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्रप हो । यस गु्रपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुष्टि यस गु्रपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्याबाट बुझिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here