जीतको हाँसो संगै दुःखको रोदनमा दोस्रो नेपाल आइडल रवि ओड

225

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा विपत्ति आएको छ। दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ।

बिहान सात बजेतिर रविका कान्छा बुबाको घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो। सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्याउदा मृत्यु भइसकेको पुष्टि गरे।

रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ। विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here