काठमाडौं / बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको छ । सुनधरामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्।
२०७२ वैशाख १२ को भूकम्पलगत्तै प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान थालेका थिए। भूकम्पमा भत्किएको धरहरा निर्माणको ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकणबाट जिआइइटीसी/रमन जेभीले पाएको छ ।
निर्माणमा ३ अर्ब ४८ करोड लागत र दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।


















