सैनिक गतिविधिको निगरानी गर्ने स्याटेलाइट प्रणाली भएको उत्तर काेरियाकाे खुलासा

188

एजेन्सी । उत्तर कोरियाले अमेरिका , दक्षिण कोरिया र जापानद्वारा वास्तविक समयमा गरिने सैनिक गतिविधिको निगरानी गर्न आफूसँग नयाँ स्याटेलाइट प्रणाली भएको खुलासा गरेको छ ।

उत्तर कोरियाको समाचार संस्था केसीएनएले बिहीबार जारी गरेको विज्ञप्तिमा उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ स्याटेलाइनको बारेमा खुलासा गरेको उल्लेख छ । यसको परीक्षण गत महिना कम्तीमा दुई पटक गरिएको छ ।

कक्षमा एक पटक स्याटेलाइट राखिए यसले उत्तर कोरियाली सेनालाई वास्तविक समयमा आफूमाथि अमेरिकी साम्राज्यवादी सेना र यसका सहयोगी दक्षिण कोरिया , जापान र प्रशान्त क्षेत्रीय देशले गर्ने आक्रमणको जानकारी दिने किमले भनेको समाचारमा जनाइएको छ ।

आगाी पाँच वर्षमा यो स्याटेलाइटलाई कक्षमा राखिने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् ।

उत्तर कोरियाले यो वर्ष अहिलेसम्म ९ क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । यसको अमेरिका, दक्षिण कोरिया र जापानले निन्दा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here