परराष्ट्रको विज्ञप्तिमा त्रुटी कसरी भयो ? स्पष्टीकरण माग गर्दै त्रुटी गर्ने कर्मचारीलाई कारबाही गर्नेे : परराष्ट्र मन्त्रालय

524

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा त्रुटी गर्ने कर्मचारीलाई परराष्ट्र मन्त्रालयले कारबाही गर्ने जनाएको छ ।

परराष्ट्र मन्त्रीको निजी सचिवालयबाट बिहीबार जारी विज्ञप्तिमा त्रुटी कसरी भयो भन्ने विषयमा स्पष्टीकरण माग गरिएको जनाउँदै तथ्य पत्ता लागेपछि संलग्नलाई कारबाही गरिने प्रस्ट्याइएको छ ।

इण्डोनेशियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देशको सन्दर्भमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा भएको त्रुटी र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ।

‘राष्ट्रपतिज्यूबाट इण्डोनेशियाका राष्ट्रपतिलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटी हुन गएको देखिन्छ, । त्रुटीप्रति मन्त्रालयले तत्कालै क्षमायाचनासहित स्पष्ट पारिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here