यौन आकृतिले भरिएको यौनपार्क आधुनिकता जति आएता पनि यौनको कुराहरू धेरै जसो देशहरूमा अझै सहजै खुलेर गर्न सकिने अवस्था भने छैन ।
यौनका कुरा गर्ने व्यक्तिहरूलाई हाम्रो समाजले राम्रो दृष्टिकोणले हेर्दैनन् र लाज नभएको व्यक्तिका रूपमा लिदछन् । दक्षिण कोरिया भ्रमणका लागि जाने हो भने त्यहाँ हेर्नका लागि थुप्रै ऐतिहासिक म्युजियमहरू र ठाउँहरू छन् ।
कोरिया इतिहास र सांस्कृतिले भरिएको देश भएका कारण त्यहाँ गर्नका थुप्रै थोकहरू छन् । त्यस्तै धेरै फरक किसिमका घुम्ने ठाउँ नि यहाँ छन् । यो पार्क नग्न मूर्तिहरूले भरिएको छ र १८ बर्ष माथिका मानिसहरू मात्र यस पार्कमा प्रवेश गर्न सक्छन् ।
१८ वर्ष भन्दा मुनिका बच्चाहरूलाई यस क्षेत्रमा निषेध गरिएको छ । जानकारी बमोजिम यस पार्कमा घुम्न आउने संख्या मध्य ६० प्रतिशत संख्या महिलाको देखिएको छ । त्यहाँका बासिन्दा मात्रै नभएर देश–विदेशका मानिसहरू पनि त्यस पार्क घुम्न जाँदछन् । दक्षिण कोरियाको एक लोक कथा अनुसार कथामा केटा आफ्नी हुने वाला बेहुलीलाई नदी किनारमा छोडेर माछा मार्न गएको हुन्छ र त्यही बखत हावा–हुरी चलेर युवती नदीमा खसी उनको मृत्यु हुन्छ । ]
कुमारी अवस्थामै मृत्यु भएकी युवती कुमारी भएका कारण उनको मनमा अनेक उमंग र उत्साह थियो, यसै भावनालाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुशी भनिने गरिन्छ र सोही भावनाको लागि जिजु लभ ल्यान्ड पार्क बनाइएको हो ।


















