नेपाल मेडीसिटी अस्पताल र मानुसीबीच सम्झौता

243

ललितपुर / नेपाल मेडीसिटी अस्पताल र मानुसी प्रा.लीबीच सम्झौता भएको छ । ललितपुर नख्खुमा अवस्थित मानुसी प्रा.लीको कार्यालयमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीकी अध्यक्ष पद्मा शना शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको संस्था मानुसीका कर्मचारी तथा सदस्यकालागी सम्झौता पश्चात नेपाल मेडीसिटीमा उपचार गराउँदा विशेष सहुलियत प्रदान गरिने भएको छ ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले महिला स्वास्थ्यका थुप्रै कार्यक्रम नेपाल मेडीसिटीमा उपलब्ध भएकाले महिलामैत्री संस्थालाई साथदिन अस्पताल तयार रहेको जनाउनुभयो ।

संस्थाकी अध्यक्ष पदम्मा शना शाक्यले महिलाहरु सक्षम बन्नका लागी स्वास्थ्य अवस्था पनि बलियो हुनआवश्यक रहेकाले मेडीसिटी अस्पतालसंगको सम्झौताले आफ्ना सदस्य तथा कर्मचारीको मनोबल बढाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here