मार्क्सवादीको ‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ अन्तरक्रिया सम्पन्न

251

काठमाडौं – मार्क्सवादी एकता अभियानको आयोजनामा ” कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा ” शिर्षकमा नेपालका मार्क्सवादी बुद्धिजीवी र कम्युनिस्ट पार्टीका नेताहरु बिच जूम अन्तरक्रिया सम्पन्न भएको छ।

उक्त कार्यक्रममा मार्क्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ ,एकराज भण्डारीले मन्तव्य ब्यक्त गरे भने पार्टीहरुको तर्फबाट बैज्ञानिक समाजबादीबाट आहुती,राष्ट्रिय जागरण मंचबाट गुणराज लोहनी ,बोल्सेबिक बाट रबिन्द्र श्रेष्ठ ,नेकपाबाट लोक नारायण सुवेदी,नेकपा मालेबाट सि पि मैनाली र माओवादी क्रान्तिकारीबाट सि पि गजुरेल गौरब सहभागी भएका थिए । सबै बक्ताहरुले निम्न बिषयमा जोड दिएका थिए :-

  • राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा छन,तथापी महान अबसरहरु पनि छन।
  • संसदीय ब्यबस्था नमान्ने सबै कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ र अन्य देशभक्त ,बामपंथीहरु सँग पनि मोर्चा निर्माण गर्नुपर्छ।
  • पार्टी प्रतिबन्ध खारेज हुनुपर्छ , सरकारी नेकपा मा भएका इमानदार कार्यकर्ता र नेताले पनि बिद्रोह गर्नुपर्ने हुन्छ।
  • राष्ट्रघात र कमिसनखोरी बिरुद्ध खडा भएको २१ दलिय मोर्चालाई झनै विकसित र मजबुत बनाउदै लानुपर्छ।
  • कार्यक्रमको शुरुमा प्रा ओम गुरुङले सबैलाई स्वागत गरेका थिए भने प्रा रमेश अधिकारीले अबधारणा प्रस्तुत गरेका थिए । मार्क्सवादी एकता अभियानको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता प्रा डा शम्भु कट्टेलले गरेका थिए भने उद्घोषण महादीप पोखरेलको गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here