प्रेम सुवाल भन्छन्- सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्छ

932

काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्ने जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’

सांसद सुवालले यस्तो धारणा राखे पनि संविधानतः कुनै पनि अपराधमा मुत्यृदण्ड वा फाँसी दिन पाँइदैन ।

औद्योगिक व्यवसाय विधेयकमाथि आफूले दर्ता गरेको विरोधको सूचनाबारे धारणा राख्दै सांसद सुवालले लघु, घरेलु र साना उद्योग निजी क्षेत्र र मझौला तथा ठूला उद्योग राज्यले सञ्चालन गर्नुपर्ने जनाए ।

विधेयकमा भएको एक अर्ब भन्दामाथिको उद्योगलाई आयकर छुट, लिजमा जग्गा उपलब्ध गराउने लगायतका छुट दिने व्यवस्थाको उनले विरोध गरे ।

‘विधेयकमा पूँजी भएकाले मात्रै मत खसाल्न पाउँछ भन्ने लेख्न मात्रै बाँकी छ’ सांसद सुवालले भने, ‘सबै सुविधा पुँजी भएकाले मात्रै पाउने हो भने गरिब कसरी बाँच्ने ? यो केही शोसकका लागि ल्याएको विधेयक भएन र ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here