थप्पड हान्ने अर्लाम

415

सिमोन गिर्टले यस्तो अर्लाम बनाएकी छिन्, जसले सुतेको मान्छेलाई थप्पड हानेर उठाउाछ । वेकअप मेसिनको नाम दिएको उक्त अर्लामको बारेमा उनले युटुबमा एउटा भिडियो समेत राखेकी छिन् ।

जुन भिडियोमा अर्लामले सुतिरहेको मान्छेलाई थप्पड हानेर उठाइरहेको दृश्य देख्न सकिन्छ । यो अर्लाममा मोटर, घडी तथा एउटा नक्कली हातको प्रयोग गरिएको छ । भिडियोमा उनी यो अर्लाम प्रयोगको विधिबारे पनि बताउँछिन् । उनले भित्तामा यो अर्लाम सेट गर्छिन् र घडीमा टाइमर लगाएर सुतिरहेकी हुन्छिन् ।

जब घडीमा अर्लामको समय बज्दछ तब अलार्मले उनको अनुहारमा जोडतोडका साथ थप्पड हान्न सुरु गर्दछ । साथै त्यो नक्कली हातले उनको कपाल भुत्ल्याउन पनि थाल्दछ । आफ्नो कपाल सम्हाल्न पनि उनलाई हम्मेहम्मे हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here