सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्ड

192

काठमाडाैं ।  बुधबार सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्डमा पुगेको छ। यस दिन परिसूचक ३२ सयनजिक पुगेको छ। आज ३८. २८ अंकले बढेर परिसूचक ३१९८ मा कायम भएको हो।

२१ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमको रेकर्ड भने यसअघि आइतबार सबैभन्दा धेरै २१ अर्ब ६२ करोड रुपैयाँको बनेको थियो।   यस दिन बैंकिङ १६, होटल तथा पर्यटन ६, विकास बैंक ३३०, जलविद्युत ५१, फाइनान्स १४८, निर्जीवन बीमा ८३, उत्पादन २५५, अन्य ३, माइक्रोफाइनान्स १, जीवन बीमा १५१ र लगानी समूह १ अंकले बढे। ब्यापार समूह भने १५ अंकले घटेको छ।

६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। शिवम् सिमेन्ट, अरुणभ्याली, जीवन विकास लघुवित्त, अरुण काबेली, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो। गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य ९ प्रतिशतले बढेको छ।

आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रोको मूल्य ३ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो।

सो कम्पनीको ७८ करोड रुपैयाँको कारोबार हुँदा अपि पावरको ६३ करोडको कारोबार भयो। लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here