बुटवल/प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ को राजधानी अन्य प्रदेशको भन्दा नमूना बनाइने तर त्यो काम हतारमा नहुने बताएका छन् ।
प्रदेशको राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नु आवश्यक रहेको बताएका छन् ।
सरकारले जग्गा किनेर राजधानी बनाउन नसक्ने भन्दै खाली रहेको सरकारी जग्गा मा नै सरकारले राजधानी बनाउनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कारमा –‘राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने विषय नै प्रमुख हुनुपर्दछ, राजधानी जहाँ भए पनि १०० बर्षसम्मका पुस्ताका लागि अनुकुल हुने खालको बनाउनुपर्छ ।’
अहिलेकै ठाउँमा उपयुक्त
संसदको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेशको नाम लुम्बिनी र प्रदेश बुटवलमा नै राख्नुपर्ने बताए ।
अहिले राजधानी लगायतको विषयमा उनले बेकारको खिचडी पाकिरहेको तर्क गरे । ‘राजधानी र नामको विषयमा तुरुन्त टुंग्याउनुपर्छ, हामीले राजधानी रुपन्देही र लुम्बिनी नामाकरणका लागि संसद अबरुद्ध पनि गरेका थियौं, अहिले पनि हामी त्यही चाहन्छौं’ ।
संघीय समाजवादी फोरमका नेता तथा प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानीको बिषयमा सांसदहरु चुकेका छन् ‘रुपन्देही बाहेकको विकल्प छैन, भगवान गौतमबुद्धको नाममा लुम्बिनी प्रदेश, रुपन्देही राजधानी राख्नुपर्छ नत्र हामी आन्दोलन थाल्छौं’ उनले भने ।


















