माकुनेकाे पार्टीद्वारा प्रधानमन्त्रीलाई २५ लाखको चेक हस्तातरण

64

काठमाडौं । भूकम्प पीडितको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तातरण गरेकाे छ ।

मंगलबार एकीकृत समाजवादीको प्रतिनिधि मण्डलले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चेक हस्तातरण गरेकाे छ ।

२०८० कात्तिक १७ गते कर्णालीका विभिन्न जिल्लामा गएको भूकम्पको विपत्‌मा परी धनजनको क्षतिको विषयमा र सरकारले सञ्चालन गरेको उद्धार र राहतको बारेमा पनि पार्टी प्रतिनिधिले जानकारी लिएका छन्।

प्रधानमन्त्री प्रचण्डले विपत्‌मा परेका जनताको उद्धार, राहत र पुनःस्थापनको सन्दर्भमा सरकारले गरिरहेको कामबारे जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here