प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा सर्वसम्मत रुपमा अनुमोदित

233

काठमाडौं / मंगलबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई सर्वसम्मत अनुमोदन गरेको छ।

सुनुवाई सकिए लगत्तै उनलाई सर्वोच्चको प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रुपमा अनुमोदित गरेको हो । जबराले सुनुवाईका क्रममा समितिका सदस्य सांसदहरुले गरेका प्रश्न तथा उनी माथि लगाइएका आरोप तथा उजुरीहरु बारे आफ्नो प्रतिक्रिया दिएका थिए ।

सांसदहरुको प्रश्नको जवाफपछि चोलेन्द्र शम्शेर जबरालाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरिएको हो । यस अघिको बैठकमा सुनुवाइ समितिमा जबराले १५ पृष्ठ लामो भावी कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । सो कार्ययोजना लागू गर्ने प्रतिबद्धता उनले जनाए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अदालतमा आजै अन्तिम दिन समेत रहेको छ । उनी आजबाट उमेर हदका कारण अवकाश प्राप्त गर्दै छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here