काठमाडौं / डा. गोविन्द केसीले १६ औं अनसन इलाममा सुरु गर्ने भएका छन् । बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ।
इलामका उनका सहयोगीहरुका अनुसार उनले बुधबार बेलुकादेखि अनसन सुरु गर्ने जनाएका छन् भने डा. केसी मिडिया सम्पर्कमा आउन चाहेका छैनन्।
डा. केसी कुन स्थानमा अनसन बस्ने यकिन नभएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जनाए । अनसन बस्ने संभावित स्थानमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ ।


















